काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७,३६८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।
१९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १० हजार २६३ रहेको छ।
काठमाडौं, भक्तपुर र ललितपुरमा २ हजार ६०९ सङ्क्रमित थपिएका हुन्। होम आइसोलेशनमा १ लाख २ हजार ४५५ र संस्थागत आइसोलेशनमा ७,८०८ जना रहेका छन्।
गत २४ घण्टामा ६६४८ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर आईसीयूमा १,३१३ जना र भेन्टिलेटरमा ३८० जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो तथ्याङ्क अनुसार आइतवार पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !