११औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँच मनोनयन घोषणा भएको छ। यस संस्करणमा छक्कापञ्जा ४ धेरै विधामा मनोनीत हुने फिल्ममा परेको छ।
शंकर अधिकारी “घायल”को “सिरुपाते जुँगामा” नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँचमा मनोनीत भएको छ।
‘छक्कापञ्जा ४’ १६ विधामा मनोनीत हुँदा ‘ऐना झ्यालको पुतली’ १२’ र ‘कबड्डी ४’ ११ विधाका लागि छानिएका छन्।
त्यसैगरि, द सेक्रेट्स अफ राधा’ १० र ‘फूलबारी’ ९ विधामा मनोनीत भएको छ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रमबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवले २५ विधामा मनोनीतलाई प्रमाणपत्र दिए।
यसवर्ष उत्कृष्ट फिल्मको लागि ‘छक्कापञ्जा ४’, ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’ देखि ‘द सेक्रेट्स अफ राधा’ र ‘चिसो मान्छे’ भिड्नेछन्।
उपराष्ट्रपति यादवले गणतन्त्रपछि नेपाली फिल्मले देश तथा विदेशमा फैलिने अवसर पाएको बताउँदै धर्मनिरपेक्ष, संघीयता र समावेशीता जस्ता संवैधानिक व्यवस्थाको प्रवर्धनमा योगदान दिनुपर्ने बताए।
नेपाललाई अन्तर्राष्ट्रिय छायाङ्कन गन्तव्यस्थलको रुपमा विकास गर्नुपर्ने यादवको भनाई छ।
चलचित्र प्राविधिक संघका अध्यक्ष प्रेम भोम्जन (पुष्कर लामा) ले नेपाली फिल्मलाई विदेशी बजारमा फैलाउने मुख्य उद्देश्यले अवार्ड गर्न लागिएको बताए। यसपटकको संस्करण आगामी साउन ६ गते अमेरिकाको टेक्सासमा हुँदैछ।
उत्कृष्ट गीतकार
आमाको मन – प्रमोद ढुंगाना (झिँगेदाउ)
फेरि भेट होला नहोला– कृष्णहरि बराल (प्रेमगन्ज)
आज युद्ध शिरमा छ – सुजिल कर्माचार्य (नालापानी)
सिरुपाते जुँगामा – शंकर अधिकारी घायल (छक्का पन्जा ४)
उड उड चरी उड – कालीप्रसाद बास्कोटा (फूलबारी)
आफ्नो प्रतिक्रिया दिनुहोस् !