काठमाडौ । युट्युव, फेसवुक लगायत सामाजिक सञ्जालमा अ श्लि ल तस्बिर र भिडियो बनाएर सार्वजनिक गर्ने २ जना पक्राउ गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हर ण गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
साइबर ब्युरोबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१७ डल्लु बस्ने २६ वर्षीय सानु पोडे र बागलुङ, बागलुङ नगरपालिका–८ सिगाना बस्ने ५२ वर्षीय रामेन्द्र खड्का रहेका छन् ।
पक्राउमध्ये पोडेलले नाबालिकाको फेसबुक म्यासेन्जरमा पटक–पटक अ श्ली ल भिडियो पठाउने गरेको खुलेको छ । उनीहरुको अनुहारमा नचिनेका ब्यक्तिको शरिर मिलाएर फोटो र भिडियो तयार पारेर अनावश्यक त ना व दिएको पनि प्रहरीले जनाएको छ । बालिकाहरुलाई त्यस्ता भिडियो र तस्बिर देखाएर उनीहरुको मनमा डर उत्पन्न गराएको प्रहरीले जनाएको छ ।
बालिकाहरुलाई दुख दिने र चरित्र हर ण गर्ने काम गरेका उनीहरुलाई पक्राउ गरी कारवाही सुरु गरिएको छ । पक्राउ परेका खड्काले भने सामाजिक सञ्जाल फेसबुक, टिकटक, यूट्युब लगायतमा व्यक्तिहरूको तस्बिर र भिडियो दुरुपयोग गर्दै फोटोसप, मल्टिलेट गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय बागलुङको सहयोगमा ब्युरोबाट गएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । नचिनेका ब्यक्तिको शरिर मिलाएर फोटो र भिडियो तयार पारेर अनावश्यक त ना व दिएको पनि प्रहरीले जनाएको छ
आफ्नो प्रतिक्रिया दिनुहोस् !