काठमाडौ । केही दिन अघि कपिलबस्तुमा मृत्यु भएका नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेको घटनामा उनकै श्रीमतीको संलग्नता खुलेको छ । उनले नै श्रीमानको लागि सुपारी दिएर घटना गराएको खुलेको हो । मृत्यु हुनुअघि पाण्डेले प्रहरीलाई दिएको संकेतको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।
घटनामा संलग्न भएको अभियोगमा श्रीमती महिमा भण्डारी सहित केहीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । श्रीमती महिमाले आफ्नै श्रीमानलाई सि ध्याउ ने योजना ३ वर्ष अघि देखि नै बनाएको पनि खुलेको छ । घटनाको लागि उनले एक लाख रुपैयाँ सुपारी समेत दिएको अनुसन्धानवाट देखिएको छ ।
कपिलवस्तु नगरपालिका९३ का ३४ वर्षीय पाण्डे माओवादी केन्द्रका स्थानीय नेता हुन्। उनीसँगै मोटरसाइकलमा सवार इयाज अख्तर मुसलमानमाथि पनि घटना भएको थियो ।
तत्काल उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पठाइएको पाण्डेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। तर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा जेठ १० गते उनको मृत्यु भएको थियो। अस्पतालमा उपचारार्थ लैजाँदै गर्दा पाण्डेले श्रीमतीको प्रेमीको नाम प्रहरीलाई दिएका थिए ।
पाण्डेले दिएको संकेतको आधारमा अनुसन्धान गर्दै जाँदा विवाहेत्तर सम्बन्धका कारण घटना भएको प्रहरी अनुसन्धानवाट देखिएको हो । कपिलवस्तु नगरपालिका १ आनन्दबागका ३९ वर्षीय प्रकाश भनिने ओमप्रकाश यादव र पाण्डेकी श्रीमती महिमाबीच पछिल्लो पाँच वर्ष देखि प्रेम सम्बन्ध भएको र ३ वर्ष पहिले नै पाण्डेले त्यसवारे जानकारी समेत पाएको खुलेको छ । यस अघि पनि महिमाले श्रीमान्लाई सिध्याउने प्रयास गरेकी थिइन् तर सफल हुन सकेकी थिइनन् ।
पाण्डेले दिएको सूचनाका आधारमा प्रहरीले घटनाको भोलिपल्ट नै ओम प्रकाशमाथि अनुसन्धान सुरु गरेको थियो। ुबोल्न सक्ने अवस्थामा हुँदा उहाँले केही शंकास्पद व्यक्तिको नाम दिनु भएको थियो। त्यसलाई पनि एउटा आधार बनाएर अनुसन्धान गरेका हौं,ु पत्रकार सम्मेलनमा अभियुक्त सार्वजनिक गर्दै डीएसपी धर्मराज भण्डारीले भने।
महिमा र ओमप्रकाशले सुरुमा ह ति यार, मोटरसाइकल किन्न र आवतजावत गर्न सुरुमा केही हजार रुपैयाँ दिएका थिए। बाँकी रकम भने घटना पछि दिने सहमति भएको देखिएको छ । मृत्यु भएपछि केही जग्गा जमिन दिने पनि उनीहरु बिच सहमति भएको प्रहरी अनुसन्धानमा खुलेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !