एजेन्सी । बलिउडका चर्चित अभिनेताहरु आफ्नो सुरक्षाका लागि बडिगार्डको प्रयोग गर्दै आइरहेका छन् । सेलिब्रिटीहरुलाई सुरक्षा दिनका लागि बडीगार्डहरु रातदिन खटिने गर्छन् । कतिपय सेलिब्रिटीका बडीगार्डहरु पनि सेलिब्रिटी बन्न पुगेका छन् ।
केही यस्ता चर्चित सेलिब्रिटीका बडिगार्डहरु रहेका छन् जसले करोडौँमा पारिश्रमिक लिने गरेका छन् । सलमान खानका बडीगार्ड शेरा लगायत अक्षय कुमार र आमिर खानका बडीगार्डले पनि करोडौँ पारिश्रमिक बुझ्ने गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
अक्षय कुमारका बडीगार्ड श्रेयस ठेलेले वार्षिक १.२ करोड तलब बुझ्ने गर्छन् । त्यस्तै आमिर खानका बडीगार्ड युवराजले वार्षिक २ दुई करोड तलब बुझ्ने गर्छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !