काठमाडौँ उपत्यकामा यसअघि (भदौ १७ मा) जारी निषेधाज्ञालाई असोज १ पछि पनि कायमै राखिने जनाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका अधिकारीको समन्वय र सहमतिमा अर्काे सूचना जारी नभएसम्मका उक्त आदेश कायमै रहने गरी निषेधाज्ञा जारी गरिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले जानकारी दिनुभयो ।
स्वास्थ्य सुरक्षाका सबै मा’पद’ण्ड पूरा गरी आर्थिक गतिविधिलगायत क्रियाकलाप सञ्चालन गर्न सक्नेगरी यसअघि नै आदेश जारी गरिएको थियो । आदेशमा अनावश्यकरुपमा मानिस जम्मा हुन, भि’डभा’ड गर्न, सभा, जु’लुस गर्न, जात्रा महोत्सव तथा भोज आदि गर्न÷गराउन नपाउने उल्लेख छ । आदेशानुसार स्थानीय ढुवानी बिहान ९ देखि ११ र बेलुका ४ देखि ७ सम्म सञ्चालन गर्न भने पाइने छैन । सार्वजनिक एवं निजी निर्माण कार्यका लागि ढुवानीका साधन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायत निकायबाट आर्थिक, सामाजिक एवं व्यावसायिक गतिविधि सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मा’पद’ण्ड पूर्णरुपमा पालना गर्नुपर्ने काठमाडौँ प्रशासनले जनाएको छ ।
स्वास्थ्य मापदण्ड र स्मार्ट लकडाउनका सबै प्रोटोकल पालना गरी भि’डभा’ड नगरी सबै व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको यसअघिको आदेशलाई कायमै राखिएको छ ।
उपत्यकामा शैक्षिक संस्थाले भौतिकरुपमा पठनपाठन गर्न नपाउने भनिए पनि यदि गर्नै परेका खण्डमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँगको समन्वयमा सञ्चालनको निर्णय गर्नसक्ने आदेशमा उल्लेख छ । यसरी गर्दा सञ्चालनको विवरण र ढाँचा तयार पार्नुपर्नेछ ।
यस अवधिमा पर्ने चाडपर्वसमेत स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सा’ङ्केतिकरुपमा मात्र मनाउन भनिएको छ । आदेशको नियमित अनुगमन हुने र मापदण्ड पालना नगरेको पाइएमा कारवाही गरिने चे’तावनीसमेत दिइएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !