धनगढी, असोज २९ । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले कालो झण्डा देखाएको छ ।
लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा प्रचण्डलाई मसुरियामा क्रान्तिकारी पार्टीले कालो झण्डा देखाएको हो ।
व्याख्यात्मक टिप्पणीको नाममा राष्टघाती सम्झौता एमसीसी सम्झौता पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाएको पार्टीले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज धनगढीमा हुने समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !