झापा । कन्काई नगरपालिका–३ मा गएराती ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ ।
बाटो पार गर्दै गरेकी महिलालाई ना ६ ख ५७१३ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । उनको विर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । ठक्कर दिने ट्रक सहित चालक इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।
एम्बुलेन्समा किन उल्टो (ECNALUBMA) लेखिन्छ?
काठमाडौं – तपाईले कहिले ध्यान दिनुभएको छ, एम्बुलेन्स (AMBULANCE) किन उल्टो (ECNALUBMA) लेखिन्छ ? तपाई सडकमा एम्बुलेन्स देख्नुहुन्छ तब तपाई निश्चित रूपमा ध्यान दिनुहुनेछ कि (ECNALUBMA) शब्द जस्तै किन लेखिन्छ भनेर ?
यो धेरैको जिज्ञासा हुन सक्छ। एम्बुलेन्समा उल्टो लेख्नुको कारण भनेको अघिल्लो सवारीसाधनका चालकले स्पष्ट पढ्न सकोस् भनेर हो। अगाडिको सवारी चालकले पछाडिको सवारीमा लेखिएका सुल्टो अक्षरहरू ‘लुकिङ्ग ग्लास’मा उल्टो देख्छन्। त्यसैले पनि एम्बुलेन्स आएको जानकारी दिनका लागि पनि उल्टो अक्षरमा ‘एम्बुलेन्स’ लेख्ने गरिएको हो।
सबैले सजिलै गरि चिन्न सकुन् भनेर यसको बेग्लै डिजाइन गरिएको हो। शब्द लामो हेर्न र पढ्न गाह्रो हुने भएकाले पनि यस्तो गरिएको हो। यति मात्र हैन कि मानिसले नदेखेको अवस्थामा साइरन सुनेर भए पनि बाटो छोड्ने भएकाले यसमा साइरन जोडिएको हुन्छ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !