काठमाडौं । हाल काठमाडौं उपत्यकासहित देशैभर हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपात तथा तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका केही स्थानमा हुस्सु, कुहिरो लागेको छ । आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मौसमविदका अनुसार आज बिहान लागेको बादल अबेर खुल्ने तर कडा घाम नलाग्ने सम्भावना छ ।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । यस्तै भोलि बुधबार पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत सफा रहनेछ ।
गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत सफा रहनेछ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यसैगरी, बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !