धरान । सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा फेला परेको मानव अंगको पहिचान अझै खुल्न सकेको छैन ।
फागुन ४ मा साँझ एउटा जेब्रा झोलामा टाउको र खुट्टा तथा बिहिबार अर्को झोलामा शरिरको बाँकी भाग भेटिएको थियो । शवको पहिचान खुल्न नसकेको सुनसरीका एसपी संजयसिंह थापाले रातोपाटीलाई बताए ।
शव पोष्टमार्टमका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) अस्पतालमा राखिएको छ । खर्दु सामुदायीक बन क्षेत्रमा भेटिएको मानव अंगबारे अनुसन्धानका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट फरेन्सिक विशेषज्ञ चिकित्सक पठाइएको थियो ।
अनुसन्धानका लागि तालिम प्राप्त ट्रयाकर डग पनि परिचालन गरिएको एसपी थापाले बताए । जंगलमा सडकबाट भिरमा फालेको अवस्थामा मानव अंग भेटिएको थियो । घटनाबारे ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !