काठमाडौं : राष्ट्रिय जनमोेर्चा पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेताहरू पुगेर ज्ञापन पत्र बुझाएका हुन्।
पछिल्ला राजनीतिक विषयवस्तु र समसामयिक घटनाक्रमका बारेमा प्रधनमन्त्रीको ध्यानाकर्षण गराउनेगरी ज्ञापनपत्र बुझाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अध्यक्ष केसीसहित उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए।
अध्यक्ष केसीले मूल्यवृद्धि निरन्तर भएपनि सरकारले अनुगमन तथा नियन्त्रणमा उदासिन भएको बताएका छन्। जवाफमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार गर्न र मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर भएर लागिरहेको बताएको बालुवाटार स्रोतले जनाएको छ।
गत निर्वाचनमा पाँच दलीय गठबन्धनबाट निर्वाचन लडेको जनमोर्चा नयाँ सत्ता समीकरण बनेपछि सरकारमा सहभागी भएको छैन। प्रचण्डले विश्वासको मत लिँदा जनमोर्चा र नेमकिमाले विपक्षमा मतदान गरेका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस् !