काठमाडौँ । सरकारले विसं २०८० सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । विभिन्न दिवस, चाडपर्व र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
सूची अनुसार सरकारले पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि दिएको छ । राजपत्रमा उल्लेख भएको सूचना अनुसार सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । शनिवार बाहेक ३५ दिन बिदा हुने भएको छ ।
कहिले कति दिन बिदा हेर्नुहाेस्
बिदाको दिन पनि यी क्षेत्रमा सेवा प्रवाह हुने
बिदाको दिन पनि विभिन्न २२ क्षेत्रमा सार्वजनिक सेवा प्रवाह हुने भएको छ । गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको बिदाको सूचीसम्बन्धी सूचनामा पर्व बिदामध्ये खण्ड (ख) को उभौली पर्व, खण्ड (ख) को रक्षाबन्धन, खण्ड (घ) को श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक सेवा प्रवाह गरिनेछ ।
यस्तै खण्ड (ङ) को घटस्थापना, खण्ड झ) को क्रिसमस डे, खण्ड (१) को उधौली पर्व, खण्ड (ट) को तमु ल्होसार पर्वलगायतका बिदाहरुमा सार्वजनिक सेवा प्रवाह गर्न सम्बन्धित मन्त्रालय वा निकायले आवश्यक प्रबन्ध मिलाउनुपर्ने सूचनामा उल्लेख छ ।
सार्वजनिक सेवा भन्नाले नागरिकतासम्बन्धी, राहदानीसम्बन्धी, कन्सुलरसम्बन्धी, भन्सारसम्बन्धी, सवारी व्यवस्थापनसम्बन्धी, मालपोतसम्बन्धीसहितका २२ क्षेत्र पर्छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !