काठमाडौं । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका १२ प्युरीदोभानमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । त्यस्तै, अन्य ७ जना यात्रु घाइते भएका छन् ।
दुलेगौँडा बजारबाट प्युरीदोभान जाँदै गरेको ग १ ज ७९४२ नम्बरको जीप आफै अनियन्त्रित भई सडकबाट १०८ फिट तल खस्दा स्याङ्जा पुतलीबजार नगरपालिका–६ का ३९ वर्षीय कुलबहादुर सुनारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी शुक्लागण्डकी १० की २१ वर्षीया मोतिकला भुजेल, शुक्लागण्डकी–१२ का ३५ वर्षीया बबिता भुजेल, सोही ठाँउ बस्ने ३१ वर्षीया कल्पना भुजेल, ८ वर्षीय आरम्भ भुजेल, ९ वर्षीया रूशिका थापा, ३० वर्षीया तिल कुमारी थापा, २७ वर्षीया हेमकुमारी भुजेल रहेकी छिन् ।
मोतिकलाको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतरामा उपचार भइरहेको छ । अन्य ६ जनालाई गण्डकी मेडिकल कलेज पोखरा पठाइएको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !