काठमाण्डाैं । नित्याशिवा र बाबुल गिरीको आवाजमा “मेहरम जय भोले” भजन रिलिज भएकाे छ । नेपाली सँगीतकाे आकाशमा भोले बाबा प्रति समर्पित “मेहरम जय भोले” भजन कोशेढुङ्गा नै सावित हुने देखिन्छ ।
आत्धात्मिक सँसारमा पुनः प्रवेश गर्दै गरेकाे यो दुनियाँका लागि “मेहरम जय भोले” भजनले भक्तजनहरूका लागि नयाँ बाटो र आध्यात्मबादलाइ बढावा दिने पक्का देखिन्छ ।
गीतका शँकर अधिकारीकाे गीतहरू मात्रै होइन, अबदेखि भजन पनि नेपाली संगीतका लागि बरदान सावित हुनेछन् । गीतहरूले नेपाली संगीत क्षेत्रमा सफलता पाइसकेका छन् भने अब भजनमा पनि उत्तिकै श्रेय दिन मिल्ने छ।
शंकर अधिकारी घायलको गीत र निर्देशनमा नित्याशिवा र बाबुल गिरीको स्वर रहेको मेहरम जय भोले बोल रहेको शिव भजन बाबुल गिरी युटुब च्यानल बाट रिलिज गरिएकोछ।
बाबुल गिरीको संगीत र एरेन्ज रहेको मेहरममा राहुल कोइराला को छायांकन ,सुमन शंकर को सृङार कल्पेस बिक को रेकर्डिङ र सम्पादन मा शंकर अधिकारी घायलको गीत र निर्देशन रहेकोछ उक्त भजनमा लाइभ बाजा बाबुलले मुखले नै बजाएका छन ।
भिडियो हेर्नुहाेस्ः
याे पनिः ‘प्रेमगञ्ज’ लाई प्रिमियर मिश्रित प्रतिक्रिया
शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमगञ्ज’ प्रिमियर गरिएको छ । मंगलबार नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा आयोजित प्रिमिएरमा फिल्मका तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायत कलाकार, निर्देशक, निर्माता, रंग पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।
प्रिमिएरमा फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ । परिच्छेद सेनले निर्देशन गरेको फिल्मले विवाहपछि पनि कायम रहने प्रेम र संघर्षलाई विषय बनाएको छ ।
फिल्ममा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का लगायत कलाकारको अभिनय छ । यो फिल्मबाट तेज गिरीले अभिनेताको रुपमा डेब्यु गरेका हुन् । तेज पेसाले बैंकर हुन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !