गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै खुट्टा भाचिएर हस्पिटलमा मृ त्युसंग लडि रहेका छन् र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि चल्ली भएको छ ।बिनितालाइ केही समय अगाडि घाँटीमा रो ग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइनन् ।
अहिले विभिन्न मान्छेले सहयोग गर्न थालेपछि उनले गुल्मीको सरस्वती आधारभूत विद्यालयमा पढ्न थालेकी छिन् ।बिनितालाई पढ्न निकै इच्छा भएको तर पढ्न नपाउदा उनी दुखी थिइन् ।अहिले उनी स्कुल लाग्न थालेदेखी नै पढ्न थालेकी छिन् र कक्षामा सबैसंग बसेर पढ्न उनलाई निकै राम्र लाग्छ ।
बिनिताका शिक्षकको अनुसार उनी निकै अनुशासनमा बसेर पढ्ने र शिक्षकहरुलाई बोलाएर पढ्न लगाउने समेत गर्ने उनले बताए ।कसैसँग झ गडा नगर्ने र सबैसंग मिलेर बस्ने बानी बिनिताको भएको उनले बताए ।शिक्षकको अनुसार बिनिताले पढ्दै गए निकै राम्रो हुने समेत बताएका छन् ।
आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् ।आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुरआमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।
साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् ।छोरो आउने खबर सुनेपछी भोजराजका आमाबाबु पनि निकै हर्षित छन् ।
भिडियो हेर्नुस् :-
आफ्नो प्रतिक्रिया दिनुहोस् !