काठमाडौ । युवती प्रयोग गरेर कालिमाटीमा बोलाएर हेमराज शाहीलाई खु कु री हानेको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । यस घटनामा प्रयोग भएका ३ युवतीलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ ।
युवतीले फेसवुक मार्फत चिजजान गरेर बाँके नेपालगन्ज घर भएका हेमराज शाहीलाई कालिमाटी स्थित आफ्नो कोठामा बोलाएकी थिइन् । योजना अनुसार कोठामा ५ जना केटा पनि बसेका थिए । जब हेमराज आए उनीहरुले खु कु री हाने । अहिले हेमराजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यो घटना भदौ १८ गते भएको हो । भदौ १८ मा दिउँसो साढे २ बजे तरकारी बजार पछाडिको क्लब गल्लीमा घटना भएको हो ।
घटना भएको ११ दिनपछि प्रहरीले अभिमानसिंह बस्नेतलाई पक्राउ गरेको छ । बुधवार राति सीतापाइलाबाट पक्राउ गरिएका उनलाई प्रहरीले सार्वजनिक गरेको छ । उनी गुण्डा नाइके समिरमानसिंह बस्नेतका भतिजा हुन् । २०७४ असोजमा नयाँ बानेश्वरमा निर्माण ब्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन माथि घटना गराएका समिरमान अहिले थु नामा छन् ।
भदौ २१ मा पक्राउ परेका युवतीलाई कारवाही प्रकृया सुरु भइसकेको छ । पक्राउ पर्नेमा मनु लामा र सानिया लामासहित ३ जना हुन् । हेमराजलाई बोलाएर त्यसो गर्नुको पछाडीको कारण पनि छुट्टै छ । घटना नेपालगन्जसंग जोडिएको छ । नेपालगन्जमा ड्र ग्स को काम गर्ने जेन शाहको समूहलाई हेमराजले नेपालगञ्जमा खु कु री हानेको थियो । त्यो घटना पछि हेमराज काठमाडौ आएर बसेका थिए ।
जेन शाहले हेमराजको खोजी जारी राखेका थिए । त्यसका लागि सिन्धुपाल्चोकका सोमन श्रेष्ठ उर्फ च्याँखेलाई योजनामा सहभागी बनाए । ललितपुरको ग्वार्को र टीकाथलीमा फ्ल्याट लिई ३ जना युवतीलाई राखेर उनीहरुले हेमराजलाई समाजिक सञ्जालमार्फत सम्पर्क बढाए । जब युवतीले फेसवुक मार्फत हेमराजलाई भेट्न बोलाइन् उनी युवतीको कोठामा गएको बेला घटना भएको हो । घटनामा संलग्न मुख्य आरोपी अझै पक्राउ परेका छैनन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !