काठमाडौँ । यु.ए.ई.को बहुप्रतिष्ठित कम्पनि Spark Security Services Sole Proprietorship llc UAE मा नेपाली पुरुष तथा महिला कामदारको माग गरेको छ ।यीकम्पनिले सेक्युरिटी गार्ड पोस्टका लागि ३३० जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब नेपाली रु. ६३,३०० /- देखि ६५,९४०/- सम्म रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।
तलब खान बस्न सहित ६५ हजार माथि रहेको छ । इच्छुक कामदारले अल्फा सिग्मा ओभरसिज प्रा. लि. को कार्यालय सिनामंगल, काठमाडौँ मा पौष ०८ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि यहाँ क्लिक गर्नु वा www.baidesikjobs.com मा जानु होला ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !