काठमाडौँ, २ पौष । जिल्लाको लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँबाट भुजीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बा.११ च ७५९२ नम्बरको बोलेरो जिप एकराते पहरा स्थित फास्तुमा दुर्घटना भएको हो । दुर्घटनामा परेर ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये ३ जनालाई उद्धार गरेर हेलिकप्टरमार्फ उपचारका लागि काठमाडौं पठाइएको छ । ४ जना घाइतेलाई बोलेरो गाडीमा राखेर काठमाडौँ ल्याइँदैछ । अरू घाइतेको जिल्ला सदरमुकाम मन्थलीमा उपचार हुँदैछ । बोलेरो जिप सडकबाट ५० मिटर तल खसेको छ ।
यो पनि हेर्नुस्ः अमेरिकाको टेक्सासमा शक्तिशाली भूकम्प
एजेन्सी, २ पौष । अमेरिकाको टेक्सासमा ५ दशमलव ७ म्यग्निच्युडको भूकम्प गएको छ । भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः ३५ बजे टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा करिब आठ किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्प टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भएको जनाइएको छ । ‘टेक्सास राज्यको इतिहासमा यो चौथो शक्तिशाली भूकम्प हुनेछ’, राष्ट्रिय मौसम सेवाको मिडल्याण्ड कार्यालयले ट्वीट गर्यो । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !