तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले पुनः अग्रता लिएको छ । मिस्लाभ ओरिसिचले खेलको ४२ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
यसअघि मोरक्को बीचको खेलमा रोमाञ्चक सुरुवात भएको थियो । खेलको सुरुवातमा नै दुई टोलीले एक–एक गोल गर्न सफल भएका थिए् । सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएको दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका थिए ।
मोरक्कोले पहिलोपटक सेमिफाइनल यात्रा गर्दै फ्रान्ससँग पराजित हुँदै तेस्रो स्थानका लागि भिडेको हो भने गत विश्वकपको फाइनलिस्ट क्रोएसियाले यसअघि सन् १९९८ मा तेस्रो स्थान हात पारेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !