काठमाण्डौं । पछिल्लो २४ घण्टामा काठमाण्डौं उपत्यकामा थप ५ हजार ५४९ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौंमा ४ हजार ४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाण्डौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १० हजार २५८ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

अहिले देशभर ३७ हजार ८२६ जना होम आइसोलेसनमा र एक हजार २१८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये १५१ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
यस्तै मंगलबार ५६२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ४४ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा १७ हजार ८७२ पीसीआर तथा ४ हजार ९५६ एन्टिजेन परीक्षण भएको छ ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !