काठमाडौं । अभिनेत्री तथा निर्मात्री स्वेता खडकालाई कोरोना संक्रमण भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी छन् ।
‘म कोरोना भाइरस संक्रमित भए, म निको भएर फेरी भेट्ने छु । सबै सुरक्षित रहनुहोला,’ स्वेताले फेसबुकमा लेखेकी छन् । नेपाली फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यू गरेकी स्वेताले त्यसयता ‘कोहिनूर’, ‘कान्छी’लगायतका फिल्ममा अभिनय गरेकी छन् ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमण निकै बढेको छ । राजनीतिक दलका नेताहरूसहित कलाकारहरू पनि संक्रमित हुने क्रम बढेको छ ।
उनले फेसबुकमा लेखेकी छन्, ‘म कोरोना भाइरस संक्रमित भए, म निको भएर फेरी भेट्ने छु। सबै सुरक्षित रहनुहोला।’ हेर्नुहाेस् स्वेताले आफ्नो फेसबुक वालमा लेखेकि यस्तो छ स्टाटस् ।
फेसबुकबाट
आफ्नो प्रतिक्रिया दिनुहोस् !