दाङ, ६ फागुन । सासुको हत्या गरेको ओरोपमा दाङमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका-१९ खानिगाउँकी ५५ वर्षीय इन्द्रकुमारी घर्तीको हत्या गरेको आरोपमा बुहारी २३ वर्षीय बसन्ती घर्ती र सोही ठाउँकी २२ वर्षीय दुर्गा घर्तीलाई पक्राउ गरेको हो ।
बुधबार छिमेकीको घरमा न्वारानमा सहभागी भएकी इन्द्राकुमारी राति अबेरसम्म नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार घर नजिकैको खोल्सामा उनको शव रगताम्य अवस्थामा भेटिएको थियो ।
घरायसी विवादका क्रममा बुहारी बसन्तीले काठको मुङ्ग्रोले प्रहार गर्दा सासू अचेत भएको र छिमेकी दुर्गा घर्तीको सहयोगमा बारीको ढिकबाट खोल्सामा खसालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !