६ फागुन, काठमाडौं ।
काठमाडौंको ढुंगेअड्डामा फेला परेको विस्फाेटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । कालिका पेट्रोल पम्प नजिक आज बिहान भेटिएको दुई वटा शंकास्पद वस्तुको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । उक्त ठाउँमा तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए । तस्वीर : आर्यन धिमाल
काठमाडौंको ढुंगेअड्डामा यस्तो शंकास्पद वस्तु
काठमाडौंको ढुंगेअड्डामा शंकास्पद बस्तु फेला परेको छ। कलंकी र ढुंगेअड्डाको बीच सडकमै शंकास्पद वस्तु फेला परेपछि राती २ बजे प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो। त्यसपछि नेपाली सेनाको टोलीले बिहान उक्त शंकास्पद बस्तुलाई डिस्पोज गरेको प्रहरीले जनाएको छ।
शंकास्पद बस्तु फेला परेपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएका थिए। महानरीय प्रहरी परिसर कार्यालका एसएसपी सुदीप गिरीका अनुसार सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरी निष्कृय पारेर अहिले सडक खुला गरेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !