काठमाडौ । अमेरिकी सहयोग एमसीसी संसदवाट पास गर्न अमेरिकाले दवाव दिइरहेको बेलामा उता चीनले पनि यसवारे धारणा सार्वजनिक गरेको छ । एमसीसी पास गर्न नहुने भन्दै नेपालमा सत्तारुढ दलहरु नै आन्दोलनमा छन् । नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्ने पुरा तयारी गरेको छ ।
एमसीसीको विरोधमा नेपालमा भएका आन्दोलनका बारेमा अमेरिकाले धारणा सार्वजनिक गरेको छ । अमेरिकी राजदुत र्याण्डी बेरीले आन्दोलनका नाममा भएका हिंसात्मक गतिविधिलाई सह्य नहुने प्रतिकृया सामाजिक सञ्जालमा दिएका छन् । उता चीनले पनि नेपाललाई अमेरिकाले एमसीसी पास गर्न दिएको दवाव प्रति टिप्पणी गरेको छ ।
नेपालमा अमेरिकी सहायता परियोजना एमसीसीलाई अनुमोदन गर्न अमेरिकाले लिएको चासोलाई चीनले दबाबमूलक कूटनीति भनी टिप्पणी गरेको छ। बेइजिङस्थित विदेश मन्त्रालयमा शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ् वन पिनले अमेरिकाको दबाबमूलक कूटनीतिको चीनले खुलेर विरोध गर्ने बताएका छन्। उक्त पत्रकार सम्मेलनमा सञ्चारकर्मीले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रश्न गर्दा प्रवक्ता पिनले यस्तो टिप्पणी गरेका हुन्।
उनले नेपालको अर्थतन्त्रको विकासका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्न सक्ने तर त्यहाँ कुनै राजनीतिक सर्त घुसाउन नहुने बताए। नेपाल आफ्नो विकासको साझेदार मुलुक हो, नेपाली जनताको चाहनाअनुरुप चीन सहयोगलाई निरन्तरता दिन चाहन्छ, उनले भनेका छन्।
अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले केही दिनअघि एमसीसी पारित गर्नेबारे प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई टेलिफोन गरेको प्रसंगमा प्रवक्ता पिनले यस्तो टिप्पणी गरेको ग्लोबल टाइम्सले जनाएको छ।













आफ्नो प्रतिक्रिया दिनुहोस् !