काठमाडौं ।
निजी क्षेत्रको सबैभन्दा ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । निकट भविश्यमा आधा दर्जन जहाज थप्ने तयारी गरिरहेको कम्पनीले पोखरा केन्द्रित क्षेत्रीय उडान आक्रामक रुपमा विस्तार गरिरहेको छ ।
नेपालमा हवाइ यात्रु र उडान संख्या बढिरहँदा बेलाबेला सुरक्षाका विषयमा पनि प्रश्न उठ्ने गरेको छ । यी विषयमा अनलाइनखबरकर्मी अच्युत पुरीले बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग गरेको कुराकानी :
कोरोना महामारीबाट उठ्दै गर्दा हवाई उद्योगको पछिल्लो अवस्था के छ ? महामारीका बेला आवत–जावतमा रोक लाग्दा सबभन्दा ठूलो प्रभाव हवाई यातायातले बेहोर्नुपर्यो । सन् २०१९ मा झण्डै ४२ लाख आन्तरिक यात्रुले त्रिभुवन विमानस्थलबाट यात्रा गरेकोमा २० मा यो संख्या घटेर ११ लाखमा झरेको तथ्यांक छ ।
२०२१ मा केही सुधार भएर यात्रु संख्या साढे १४ लाख पुग्यो । हवाई सेवाले बेहोर्नु परेको भयाभह अवस्था यो तथ्यांकले नै दर्शाउँछ । महामारी अगाडि वार्षिक साढे ३२ हजार उडान हुने गरेकोमा २०२१ मा यो संख्या घटेर साढे ११ हजारमा सीमित भएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !