इजरायल र प्यालेस्टाइनबीच पछिल्लो केही समययता संघर्ष चलिरहेको छ । यो संघर्षका विषयमा बाहिरी सर्वसाधारणदेखि प्रतिष्ठित व्यक्तिहरुले पनि आफ्नो धारणा राखिरहेका छन् र यस विषयमा केही इजरायल र केही प्यालेस्टाइनका पक्षमा छन् । इजरायलले पनि आफ्ना विभिन्न निकायका सामाजिक संजालहरु प्रयोग गरेर आफ्नो कुरा राखिरहेको छ ।
यही बीचमा एक अमेरिकी सुपरमोडलका कारण इजरायलमा हंगामा भएको छ । र, इजरायल यी मोडलविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ । यी हुन् अमेरिकी सुपरमोडल बेला हदिद । बेलाले पछिल्लो केही समययता प्यालेस्टाइनको समर्थनमा सामाजिक संजालमा पोस्ट गरेकी छिन् । उनले प्यालेस्टाइनको पक्ष लिएपछि इजरायल उनीप्रति आक्रामक रुपमा प्रस्तुत भएको छ र उनको कडा आलोचना गरेको छ ।
बेलाले इन्स्टाग्राममा पोस्ट गर्दै यो कुनै धर्मको कुरा नभएको, यो एक अर्कामा घृणा फैलाउनको लागि नभएको भन्दै यो सबै इजरायलको उपनिवेशवाद, सैन्य कब्जा र प्यालेस्टाइनीहरुको जातीय नरसंहार र रंगभेदसँग जोडिएको बताएकी थिइन् । उनले इजरायलको यो दमन वर्षौंदेखि चलिआएको बताउँदै यही कारण आफुहरुले प्यालेस्टाइनीको स्वतन्त्रता मागेको बताएकी छिन् । बेलाले यसरी पोस्ट गरेपछि इजरायल सरकारको आधिकारिक ट्वीटर ह्याण्डलले बेलाको कडा आलोचना गरेको छ ।
When celebrities like @BellaHadid advocate for throwing Jews into the sea, they are advocating for the elimination of the Jewish State.
This shouldn't be an Israeli-Palestinian issue. This should be a human issue.
Shame on you.#IsraelUnderAttack pic.twitter.com/PJQHT90cNy
— Israel ישראל (@Israel) May 16, 2021
इजरायलको आधिकारिक ट्वीटर ह्याण्डलबाट गरिएको ट्वीटमा लेखिएको छ ‘बेला हदिदजस्ती सुपरमोडलले यहुदीलाई समुद्रमा फ्याँक्ने कुरा गरेकी छिन् जसको अर्थ उनी इजरायललाई समाप्त पार्ने प्रदर्शनलाईसाथ दिइरहेकी छिन् ।’ ट्वीटमा यो केवल इजरायल र प्यालेस्टाइनको नभइ मानवताको मुद्दा हुनुपर्ने भनिएको छ । इजरायलले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत बेलाले आफैं जल्लाबोध गर्नुपर्ने पनि भनेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !