रौतहट, २ असोज । रौतहटको देवाही गोनाही नगरपालिका वडा नं.६ कर्कच करमहियाका स्थानीय मोहन साहको छोरी साढे दुई बर्षकी ज्योति कुमारी साहको हिजो साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाउँ नजिकै रहेको नहरमा जमिएको पानीमा डुबेर बालिका साहको मृत्यु भएको हो । शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !