एजेन्सी । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका सांसद दुर्गाप्रसाद चपागाईंले आफूहरूको त्यागलाई नजरअन्दाज नगर्न मुख्यमन्त्री केदार कार्कीलाई आग्रह गरेका छन्।
मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफल गर्दै बुधबार प्रदेश सभामा उनले केन्द्रको गठबन्धनलाई आत्मसाथ गर्दै कोशीमा पनि अघि बढ्नुपर्ने बताए।
‘हामीले एमालेसँग सरकार बनाए पनि छाड्यौं। सभामुख पनि छाड्यौं,’ उनले भने, ‘हाम्रो त्यो त्यागलाई नजरअन्दाज नगरियोस् भनेर मुख्यमन्त्रीलाई स्मरण गराउन चाहन्छु।’उनले प्रदेशको पुन: नामाकरणका मुद्दामा सबै गम्भीर हुनुपर्नेब ताए।
‘केन्द्रमा बनेको गठबन्धनकै भावनालाई आत्मसाथ गर्दै र प्रदेशको अस्थिरता अन्त्य गर्न माओवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन्छ,’ उनले भने। कोशीमा माओवादीका १३ जना सांसद छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस् !