काठमाडौँ, ५ माघ । थप ११ हजार ३ सय ५२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छन । यो एकैदिनमा पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा बढी संक्रमणको संख्या भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४७ हजार ९ सय २९ जना रहेका छन । त्यस्तै आज ६ सय १३ जना डिस्चार्ज भएका छन । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय २८ जना पुगेको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएअनुसार भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !