काठमाडौँ, ७ फागुन । एमाले अध्यक्ष केपी ओलीले जनतालाई सुखी बनाउन एमालेको सरकार चाहिने बताएका छन् ।
भक्तपुरमा अस्पतालको उद्घाटन गर्दै शनिबार एमाले अध्यक्ष ओलीले जनतालाई सुखी बनाउनका लागि आउँदै गरेको चुनावको स्मरण गर्दै चुनावपछि एमाले सरकार बन्ने बताए । उनले भने, ‘महाभारतमा एउटा सकुनीको षडयन्त्रले राम १४ वर्ष वनबास गएका थिए, यहाँ त कति छन् छन् मन्थरा र सकुनी । मलाई प्रधानमन्त्रीबाट हटाउनु कुन ठूलो कुरा भयो र ।’
ओलीले यहाँ बढीमा पाँच वर्ष कुर्नुपर्ने भन्दै अब चुनाव आउन एक वर्षमात्रै बाँकी रहेको बताउदै उनले भने, ‘अब एक वर्षभित्र चुनाव आउनैपर्छ । पाँच दलीय गठबन्धन स्वार्थी गठबन्धन हो। बढीमा एक वर्ष हो यिनीहरूको आयु। संसारभरिका ज्योतिषीलाई राखेर सोध्यो भने त्यसै भन्छन् ।
पूर्व प्रधानमन्त्री अोलीले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी समेत दिएका छन् । अध्यक्ष ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष रहेको समेत बताए । एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न जान चाहेको बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !