काठमाण्डौ,जेठ ५ । उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोख्रेल को समुपस्थितिमा मिति २०७८ जेष्ठ ५ गते (१९ मे २०२१) बुधबार का दिन देखि आम सर्वसाधारणको लागि मित्रपार्क स्थित नेपाल भारत मैत्री हस्पिटल सँगको सहकार्य एवं व्यवस्थापनमा तथा का.म.न.मा. वडा नं. ८ को समन्वयमा मारवाडी सेवा समिति नेपालद्वारा श्री पशुपति गौशाला धर्मशाला, गौशालामा संयुक्त रुपमा ५१ बेडको अक्सिजन सहितको निःशुल्क आइसोलेशन सेवा संचालन गरिएको छ ।
उक्त सेवाको शुभारम्भ गर्नु हुँदै उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक माननीय ईश्वर पोख्रेलज्यूले कोभिड १९ को वर्तमान विषम परिस्थितिमा मारवाडी सेवा समिति नेपालले शुरु गरेको अक्सिजन सहितको निःशुल्क आइसोलेशन सेवा सबैको लागि अनुकरणीय भएको र यो सेवा संचालनमा आए पछि अस्पतालहरुमा बेड पाएर पनि आर्थिक स्थिति कमजोर भई उपचार गराउन नसक्ने विपन्नहरुको जीवन रक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
वहाँले आफ्नो मन्तव्यको क्रममा मारवाडी सेवा समिति नेपालले गौशाला धर्मशालमा संचालन गरेको आइसोलेशन सेन्टर अत्यन्त व्यवस्थित भएकोमा प्रशंसा गर्नु हुँदै सिसिएमसी र स्वास्थ्य मन्त्रालयको तर्फबाट गर्नु पर्न आवश्यक सहयोग गर्न नेपाल सरकार तयार रहेको बताउनु हुँदै नेपाल भारत मैत्री हस्पिटलसँगको सहकार्यमा भएको सेवा अत्यन्त अनुकरणीय भएको मा प्रशंसा गर्नु हुँदै हामी सबैको सतत् प्रयासबाट मानव सभ्यता विरुद्धको यो महामारीबाट पार पाउन सकिने विश्वास व्यक्त गर्नु भयो ।
गौशाला धर्मशालामा संचालन गरिएको आइशोसेनमा रहने विरामीहरुको लागि ल्याव परिक्षण र औषधि बाहेक अक्सिजन, खाना, बस्न तथा चिकित्सक, नर्स, लगायतका सबै स्वास्थ्य सेवा निःशुल्क रुपमा उपलब्ध गराइएको छ ।
यो सेवा लिनको लागि ९८०१०७१२११ र ९८०१९६७७०६ मा सम्पर्क गर्न सक्नु हुने छ ।
भर्नाको लागि आवश्यक Requirement
१) PCR Test पोजेटिभ आई कोरोनाको लक्षण ज्वरो, खोकी आदि देखिएका र चिकित्सकको निगरानीमा बस्नु पर्ने हरुलाई भर्ना लिइने छ ।
२) अक्सिजन को लेभल ९० देखि ९४ को बीचमा हुनु पर्ने छ।
सेवा अन्तर्गत
1. खाने, बस्ने र अक्सिनज, आधारभूत औषधि तथा स्वास्थ्य सेवाको लागि चाहिने कुराहरु निःशुल्क हुने छ ।
2. विशेष औषधि तथा विशेष इन्जेक्सन आदि चाहिएमा विरामी आफैंले व्यहोर्नु पर्ने छ ।
3. विरामीलाई चिकित्सकबाट डिस्चार्ज हुन सल्लाह दिइसके पछि डिस्चार्ज भएर घर जानु पर्ने छ ।
4. केही जटिलटा आएमा विरामीलाई सुविधा सम्पन्न हस्पिटलमा जानको लागि विरामी आफैँले व्यवस्था गर्नु पर्ने छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !