काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । बुधबार राती अचानक मुटुमा समस्या देखिए पछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।
उनलाई अस्पतालमा पुर्याउने वित्तिकै डाक्टरले मृत घोषणा गरेका बताइएको छ । दुई साता अघिदेखि रुघा-ज्वरो आए पनि उनी घरमै आराम गरिरहेका थिए ।
राति अचाजनक गाह्रो भएर पाटन अस्पताल लिएको मृतक एलबीका भाइ ललित टमाटाले बताए । ललितका अनुसार उनलाई अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका हुन् ।
क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका एलबी टीभी टुडे टेलिभिजनमा कार्यरत थिए । अछामको रामारोशन गाउँपालिका घर भएका २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !