नेपालगञ्ज- काठमाडाैंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।
बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बे’होस अ’वस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।
बे’होस अवस्था भेटिएकी यात्रुको समाचार तयार पार्दासम्म होस आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने विमान ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षा निकट स्रोतले जनाएको छ ।
यो पनि पढ्नुहोस्, बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठ’क्करबाट एक जनाको मृ’त्यु भएको छ। कोहलपुर–१४ हवल्दारपुरमा गए राति करिब १० बजे ट्रकले ठ’क्कर दिँदा नेपालगञ्ज उपमहानगरपालिका–७ का त्रिलोक केसीको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए।
उनकाअनुसार हवल्दारपुरस्थित विकासे पुलमा रहेको ध’र्मकाटाँमा कार्यरत कर्मचारी केसीलाई भे१क १९९९ नम्बरको ट्रकले ठ’क्कर दिएको हो। ठ’क्करबाट केसीको मृ’त्यु भएपछि चालक फरार रहेका छन्। फ’रार रहेका चालकको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताए।











आफ्नो प्रतिक्रिया दिनुहोस् !