विभिन्न सात विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।
आज संयुक्त विद्यार्थी संगठनले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नगरे मुल्यवृद्धिविरुद्ध जस्तोसुकै प्रतिकारमा उत्रने चेतावनी समेत दिएका छन् । साथै देशैभरिका नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आव्हान समेत गरेका छन् ।
अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल, अखिल पाँचौं अध्यक्ष पवित्रा आचार्य, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयोजक राजेश्वरी सुवेदी, राष्ट्रिय विद्यार्थी संघका नेता रन्जित निष्पक्ष, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, अखिल क्रान्तिकारी अध्यक्ष सुन्दर रायमाझी र राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष अनुप लामिछानेले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् ।
संयुक्त विद्यार्थी संगठनले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नगरे देशभर आन्दोलनमा उत्रने उनीहरूको चेतावनी छ ।
भिडियोः











आफ्नो प्रतिक्रिया दिनुहोस् !