काठमाण्डाै– ओमान बाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कटबाअक्सि जन सिलण्डर नेपाल ल्याएको हो ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालमा अक्सिजन सिलिण्डरको अभाव भएको सुनेदेखि नै आफूहरुको मन पोल्न थालेको र सबैको स’हकार्यमा सिलिन्डर जुटाएर नेपाल पठाइएको बताउनुभयो ।
उज्यालोसँगको कुराकानीमा पराजुलीले भन्नुभयो, ‘देशमा समस्या पर्दा हामी चुप लागेर बस्ने कुरा भएन, ओमानमा रहेको नेपाली ‘सोसल क्बल’ र दूतावासको पहलमा खाडी मा काम गर्ने नेपालीहरुले सहयोग जुटाउनुभयो र ४/५ दिनकै पहलमा हामीले सिलिन्डर नेपाल पठाउन सफल भयौँ ।’
राजदूत पराजुलीले खाडीमा पसिना बगाएर कमाएको पैसाले देशको लागि सहयोग गर्ने सबै सहयोगी लाई धन्यवाद पनि दिनुभएको छ । थप के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल थालिएको पनि उहाँले बताउनुभयाे ।
काठमाडौं । मध्यपूर्वमा कार्यरत नेपालीले पठाएकाे ५६० थान अक्सिजन सिलिण्डर लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ । गैरआवासीय नेपाली सोसल क्लब ओमनका अध्यक्ष विकाल झाका अनुसार मस्कटबाट स्थानीय समय दिउँसो २ बजे उडेको जहाज नेपाली समय बेलुका करिब ७ बजे काठमाडौँ मा अवतरण भएको हो ।
नेपाल सरकार आफैले सिलिण्डर लिन जहाज मस्कट पठाएको थियो जहाज बिहान १० बजे मस्कट अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थियो।नेपालमा अक्सिजनमा देखिए को अभाव कम गर्न गैरआवासीय नेपाली संघ एनआरएनए को मध्यपूर्व क्षेत्रीय समितिले अभियान चलाएको थियो । जसमा खाडीमा रहेका सबै संघसंस्थाले हातेमालो गरेका थिए।
संघले ओमनको ‘अल होस्नी’ कम्पनीबाट यी सिलिण्डर खरिद गरेको थियो। यसका लागि प्रति सिलिण्डर १ सय २० डलर खर्च भएको अध्यक्ष झाले जानकारी दिए । ढुवानीको व्यवस्था भने ओमनस्थित नेपाली राजदूतावास को पहलमा नेपाल सरकारले गरेको होसंघले यी सिलिण्डर आइतबार बिहान ११ बजे एक स्वास्थ्य मन्त्रालयमहस्तान्त रण गर्ने जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !