एजेन्सी । अमेरिकाको ब्राउन युनिभर्सिटीमा गरिएको एक अध्ययनका अनुसार माछाको सेवनले छालाको क्यान्सरको जोखिम बढाउन सक्छ ।
४ लाख ९१ हजार ३६७ व्यक्तिमा गरिएको एक अध्ययनमा माछा धेरै खाने मानिसको छालाको बाहिरी तहमा असामान्य कोशिकाको जोखिम बढ्न सक्छ।
अध्ययनकर्ताले यी कोशिकाहरूलाई मेलानोमा नाम दिएका छन् जुन प्रिक्यान्सरको एक प्रकार हो।
अब यो अनुसन्धानपछि मानिसको मनमा धेरै किसिमका प्रश्नहरू उठ्न थालेको छ किनभने ठुलो संख्यामा माछा खाने मानिसहरुको संख्या रहेको छ ।
माछा खाँदा हरेक व्यक्तिलाई मेलानोमा रोगको विकास नहुने बताउँछन् ।
क्यान्सरको जोखिम माछाको प्रकार र कसरी पकाउने भन्ने कुरामा भर पर्ने उनीहरुले बताएका छन् ।
माछामा रहेको पोलिक्लोरिनेटेड, डाइअक्सिन, आर्सेनिक र पारा जस्ता दूषित पदार्थका कारण छालाको क्यान्सरको समस्या हुनसक्ने विश्वास छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !