काठमाण्डौ । एक सिंगो गाउँ नै एमालेमा प्रवेश गरेपछि राजनीतिमा तरंग आएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानकोटमा नेकपा माओवादीबाट वडा सदस्य निर्वाचित अर्जुन विसुन्खे सहित गाउँमा रहेका झण्डै सय जना एमालेमा ओइरिएका छन् ।
९७ जना शनिबार नेकपा एमालेमा प्रवेश गरेका हुन । नेकपा एमालेले नै विकास र समृद्धिको काम पुरा गर्ने र यसले नै सामाजिक सुरक्षाका कार्यक्रम समेत ल्याएको भन्दै गाउँबासी सबै एमालेमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई नेकपा एमालेका बागमति प्रदेश इन्चार्ज कासीनाथ अधिकारीले टिका खादा लगाएर पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा एमाले धादिङका इन्चार्ज खेम लोहनी, जिल्ला कमिटि अध्यक्ष भूमि त्रिपाठी, गाउँपालिका अध्यक्ष शम्भु थापा लगायतले स्वागत गर्दै एमाले संधै जनताको पक्षमा काम गर्ने बताए।
यस्तै, नेकपा एमालेको अवस्था तराई जिल्लामा कमजोर रहेको भनिए पनि अहिले विस्तारै तराई पनि एमालेमय बन्दै गएको छ । यसै शिलशिलामा नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं केन्द्रीय सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा तराईको बारा जिल्लामा कांग्रेस, माओवादी र मधेसवादी दलका सयौं कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
शनिबार बाराको विश्रामपुरमा भएको बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा लोकतान्त्रीक समाजवादी पार्टी ९लोसपा० परित्या’ग गरी झण्डै ७ सय बढी युवाहरु एमालेमा प्रवेश गरेका हुन् ।
बाराको विश्रामपुर गाँउपालिका अधिवेशनमा नेपाली कांग्रस, माओवादी, जसपा र लोसपा पार्टी परित्याग गरी एमालेमा ६७७ जना युवाहरु प्रवेश गरेका हुन् । एमाले केन्द्रीय कमिटीको आयोजनामा समेत देशभर बृहत पार्टी प्रवेश अभियान सञ्चालन गर्ने भएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !