प्रमुख राजनितीक दलहरुले महाधिवेशन सकेर आउँन थाले पछि एमसीसीको विषय फेरी पेचिलो बनेर आएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा छलफलनै चलाएका छन् ।
दुई दिन अघि मात्रै नेपाली काग्रेसको महामन्त्रीमा भारी मतले विजयी भएका गगन कुमार थापा आज काग्रेस महामन्त्रीको है’सियतमा सर्वदलीय बैठकमा सहभागी भएका छन् । थापा एमसीसी पास गर्नु पर्छ भन्ने पक्षमा देखिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा सत्तारुढ दल नेपाली काग्रेसका सबै नेताले एक मतले छिट्नै एमसीसी पास गर्नु पर्ने भनाई राखेका छन् । सबैभन्दा चर्को रुपमा काग्रेस नेता रामशरण महत र रामचन्द्र पौडेल बोलेको नेमकिपाका नेता प्रेम सुवालले जानकारी दिए । आफ्नै पार्टीका नेताहरुले तत्काल एमसीसी पास गर्नु पर्छ भन्दा गगन थापा चुइक्क नबोली समर्थन जनाएर बसेको उनले जानकारी दिए ।
संसदमा रहेको गतिरो’ध हटाउने तथा एमसीसीबारे साझा धा’रणा बनाउने प्रयासस्वरुप आइतबार बसेको सर्वदलीय बैठकमा एमसीसीबारे वि’रो’धको आवाज भारी बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेस बाहेकका सबै दलले एमसीसीको विपक्षमा आफ्नो धारणा राखेका हुन् । बैठकपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले काँग्रेसबाहेक संसदमा प्रतिनिधित्व गर्ने अरु दलले एमसीसी हुबहु पारित गर्न नसकिने धा’रणा राखेको बैठक पछि जानकारी दिए ।
उनका अनुसार बैठकको सुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे दलहरुको धारणा मागेका थिए । सो क्रममा सुवालले स्पष्ट रुपमा एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यसलाई पारित गर्न नहुने धा’रणा राखेका थिए ।
‘संंसद अव’रो’ध र एमसीसीबारे तपाईँहरुले बोलिदिनु पर्यो भनेर प्रधानमन्त्रीजूले भन्नुभयो । हामीतिरै फर्केर संकेत गर्नुभयो जस्तो लाग्यो’, उनले भने, ‘त्यसपछि हामीले धारणा राख्यौ ।’ नेमकिपाको तर्फबाट सुवालले एमसीसीको दफा ४।२ मा एमसीसीले सहायक उपाध्यक्षलाई एसिया प्यासिफिकका लागि अतिरिक्त प्रतिनिधि नियुक्ति गर्ने भनेर उल्लेख गरिएको विषय राखेका थिए ।
जसले हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धनको एक हिस्सा एमसीसी भएको पुष्टि गर्ने उनको भनाइ थियो । ‘दफा ६।८ मा एमसीसीको कारण नेपाललाई हानी नोक्सानी भएमा वा नेपालीको मृ’त्यु भएमा कतै उजुरी दिन नपाइने भनेर लेखिएको छ’, उनको भनाइ छ, ‘यो नेपाललाई उपनिशवेश बनाउने भन्ने हो । सम्झौतामा नेपालको कानुन लागु हुने छैन भन्ने समेत लेखिएको हुनाले पनि यो नेपालीको हितमा छैन ।’
अनुरुचि ५ (क)मा एमसीसीलाई चित्त बुझ्ने योजना नेपाल सरकारले पेश गर्ने र त्यसमा भारतको सहमति हुनुपर्ने भनेर लेखिएकाले यसको अर्थ नेपाल सार्वभौमक देश होइन भन्ने व्याख्या गर्न खोजिएको पनि बैठकमा आफूले राखेको सुवालले बताए ।
यस्तै संसद विपक्षीको अ’वरो’ध हटाउनु पर्ने र अवरो’ध नहटाउने संसद स्थगित हुनुपर्ने भन्ने आफूले बैठकमा धा’रणा राखेको बताए । सुवालका अनुसार बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी संशोधन बिना पास हुन नहुने धा’रणा राखेका थिए । यस्तै जनमोर्चा र राप्रपाले पनि स्पष्ट भाषामा एमसीसी अहिलेकै अवस्थामा पास हुन नुहने धा’रणा राखेको बताए ।
यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कुनै पनि हालतमा एमसीसी अघि बढाउनुपर्ने र यसमा गठबन्धन एकठाउँमा हुनपर्ने धा’रणा राखेपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलेकै अवस्थामा एमसीसी पारित हुन नसक्ने भनेर पार्टीले नै निर्णय गरिसकेको धा’रणा राखेको सुवालले बताए । यस्तै एकीकृत समाजवादी पार्टीका नेता डा बेदुराम भुसालले पनि एमसीसीको वि’रो’ध गरेको सुवालले बताए
आफ्नो प्रतिक्रिया दिनुहोस् !