सुगरका बिरामीले फास्टीङ गर्न मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा धेरैलाई हुन्छ।
सुगरका बिरामीले इन्टरमिटेन्ट फास्टीङ गर्दा फरक पर्दैन। तर कसरी गर्ने भन्ने हो। १६ घण्टा खाली पेट राख्दा पानीबाहेक केही खानु हुँदैन। खाएपनि ५० क्यालोरी भन्दा कम खानुपर्छ। फास्टीङको पहिला पनि चलन थियो तर यसलाई अहिले विज्ञानले प्रमाणीत गरेको छ।
मधुमेहका बिरामीले चिकित्सकको सल्लाह बिना इनटरमिटेन्ट फास्टीङ गर्नु हुँदैन। धेरै मोटो र थोरै उमेर भएकाले इन्टरमिटेन्ट फास्टीङ गर्न मिल्छ। तर मधुमेह बाहेक अरू पनि रोग छ भने ख्याल गर्नुपर्छ।
कतिपय औषधिहरू हुन्छन् जसले सुगर घटाउँछ, अर्कोतिर फास्टीङले पनि सुगर घटाउँछ। त्यसैले चिकित्सकको निगरानी जरूरी छ।
सुगर पूर्णरूपमा निको हुँदैन। तर यसो भन्दैमा औषधि खाइरहनुपर्छ भन्ने होइन। जीवनशैली मिलायो, व्यायाम गर्यो र स्ट्रेस व्यवस्थापन गर्यो भने औषधि खानैपर्छ भन्ने हुँदैन।
धेरै अनुसन्धानले भनेको छ कि- सुगर नियन्त्रणका लागि ५५ प्रतिशत भूमिका आचरण र जीवनशैलीको छ। अहिले किटो डाइट गर्ने चलन आएको छ। तर यसबारे अहिलेसम्म धेरै अनुसन्धान भएको छैन। यो विवादास्पद विषय हो। यो डाइट गर्दा किड्नी, मुटु र कलेजोमा समेत समस्या आउनसक्छ। त्यसैले सुगरका बिरामीले किटो डाइट गर्नुस् भनेर हामी सुझाव दिदैनौं।
सुगरका बिरामीमध्ये धेरैको मृत्यु मुटुको कारणले हुन्छ। तर अहिले किटो डाइट भनेर घ्यु, बोसो अनि मासु खाउ भनिन्छ। यसले थप समस्या आउँछ। यसको पक्ष र विपक्षमा दुवैखाले बहस भइरहेको छ। त्यसैले चिकित्सकको सल्लाह बिना किटो डाइट गर्नु खतरनाक हुनसक्छ।
हामीले एमबिबिएस पढ्दै गर्दा सामान्यत, ६५ वर्ष पुगेपछि सुगर हुन्थ्यो। पढेर सक्दा ५५ मा झर्यो। एमडी पढ्दा त्यो उमेर ४५ मा पुग्यो। काम सुरू गर्दा ३५ वर्ष भयो। अहिले त १५-१६ वर्षदेखि नै सुगर हुन थालिसक्यो।
कोभिडको प्रकोपपछि सानै उमेरकालाई समेत सुगर देखिने क्रम बढेको छ। कोभिडको कारणले स्ट्रेस बढ्यो भने शारीरिक व्यायाम गर्ने क्रम घट्यो, जसले गर्दा सुगरका बिरामी बढ्न थालेका छन्।
सुगरका बिरामीले स्वस्थ्य खाना खाने हो। हामीकहाँ मकै छ भने त्यसलाई पोलेर, उसिनेर खान सकिन्छ। कन्फ्लेक्स किन खाने?रोटी पकाउन सकिन्छ खोले खान सकिन्छ भने किन ब्रेड र बिस्कुट खानुपर्यो भन्ने हो।
झानेर, तारेर खानुको सट्टा उसिनेर खान सकिन्छ। दाल भात तरकारी भन्दा सुगर फ्री बिस्कुट धेरै हानिकारक छ। यो त एक किसिमको विस हो। म सुगर फ्री बिस्कुटको विपक्षमा छु। रक्सी खैनी सबै सुगर फ्री हो। यो त मार्केटीङ रणनीति हो।मह, खुदो, शखर जे खाए पनि त्यो सबै सुगर हो। त्यसमा धेरै क्यालोरी हुन्छ।
सुगरका बिरामीले इन्टरमिटेन्ट फास्टीङ कसरी गर्न सक्छ, किटो डाइट किन हानिकारक हुनसक्छ लगायतका विषयमा केन्द्रीत रहेर हामीले नर्भिक अस्पताल थापाथली र सिद्धी पोलीक्लिनिकमा कार्यरत मधुमेह रोग विशेषज्ञ डा डिना श्रेष्ठसँग भिडिओ कुराकानी गरेका छौ।
हेर्नुहोस् भिडियोः
आफ्नो प्रतिक्रिया दिनुहोस् !