मंसिर ५, काठमाडौँ । पप्पु कन्ट्रक्सनका मालिक हरिनारायण प्रसाद रौनियार एमाले प्रवेश गरेका छन् ।
रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पर्साको पोखरियामा पार्टी प्रवेश गराएका हुन् । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य समेत रहेका रौनियार पप्पु कन्ट्रक्सनका मालिक हुन् ।
७४ सालको निर्वाचनमा रौनियार तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जसपा) बाट पर्सा क्षेत्र नम्बर ३ को संघीय सांसदमा निर्वाचित भएका थिए ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !