काठमाडौँ — कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन । समाचार आजकाे कान्तिपुर दैनिकमा छापिएकाे छ ।
मतदानस्थलमा मतदातालाई मोबाइल लैजान दिने कि नदिने भन्ने विवादले मतदानमा ढिलाइ भएको निर्वाचन समितिका सदस्य प्रकाश रसाइलीले बताएका छन् ।
मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदाता नामावली हेरेर मात्र सांसदहरूलाई भित्र प्रवेश गर्न दिइएको छ । मतदानस्थलमा बहालवाला मन्त्रीहरूलाई प्रवेशगर्न दिइएको छैन ।
गृहमन्त्री बालकृष्ण खाँण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीहरूलाई सुरक्षाकर्मीले रोकेका थिए । मन्त्रीलगायत गैरसांसद नेताहरू भने मतदानस्थलबाहिरै रहेका छन् । कांग्रेस संसदीय दलको नेता चयनका लागि ८९ जना सांसदले मत हाल्दैछन् ।
तस्बिर : अंगद ढकाल/कान्तिपुर
आफ्नो प्रतिक्रिया दिनुहोस् !