काठमाडौं । आजै सम्पन्न नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सकिएकाे छ । जसमा सभापति शेर बहादुर देउवाले ६४ मत प्राप्त गरि बिजयी बनेका छन् ।
नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् ।दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो ।
संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो ।
तर बुधबार बिहान भएको मतदानमा देउवा ६४ मतका साथ दलको नेतामा निर्वाचित हुँदा गगनले २५ मत मात्र पाएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !