काठमाडौँ। झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले ५ हजार ५ सय मतसहित अग्रता कायम गरेका छन्।
हालसम्म २९ हजार ६८६ मतगणना हुँदा महामन्त्री शर्माले १४ हजार ९०९ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका अग्नि खरेलले ९ हजार ४०९ मत पाएका छन्।
सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले २ हजार ७८६ पाएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !