रोल्पा । रोल्पाको थवाङ सिधैँ काठमाडौँसँग जोडिएको छ । थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडाँैसँग जोडिएको हो ।
बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ । थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौँका लागि रात्रिबस सेवा सुरु भएको छ । हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ ।
यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत करिब आठ घण्टाको दूरी पार गर्दै रात्रिबसमा काठमाडमैं जाने गरेका थिए । थवाङ–लिवाङ र लिवाङ–काठमाडौंको बराबरी भाडा तिर्न बाध्य उनीलाई थवाङ–काठमाडौँ बस सेवा सुरु भएसँगै राहत मिलेको छ । रासस
आफ्नो प्रतिक्रिया दिनुहोस् !