काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीबीच फेसबुकमा भनाभन भएको छ ।
महानगरले घर टहरा भत्काउनेभन्दा अरु काम नगरेको भन्दै एक पोस्ट शेयर गरेका भण्डारीलाई मेयर बालेनले पैसामा बिक्ने मान्छेलाई जवाफ दिन जरुरी नरहेका जवाफ फर्काएपछि जुहारी चलेको हो ।
भण्डारी पैसाको पछि कुद्ने व्यक्ति भएको आरोप मेयर बालेनले लगाएका छन् । कमेन्टमा बालेनले लेखेका छन्, ‘तिम्रोजस्तो शो पैसाको भोटले जितिन्छ, तिमी पैसा कमाउन आको हौ, तिम्रो अस्तित्व पैसाबाहेक केही छैन, तिमीलाई जीवनमा पैसाबाहेक केही कमाउनु छैन, तिमीजस्तो बिकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन ।’
त्यसपछि भण्डारीले अर्को स्टाटस लेख्दै- ‘मैले प्रस्न सोधेको माफ पाउ श्री ८ बालेन शाह । भत्काउनुबाहेक के बनाउनुभयो ?????’ भनेर प्रश्न सोधेका छन् । त्यसमा पनि बालेनले कमेन्ट गरेका छन्, ‘प्रश्न सोध्न पाइन्छ भाइ । काम गरिरहेको मान्छेलाई दारु खाएर राति राति दुःख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?
मेयर बालेनको प्रश्नमा भण्डारीले भनेका छन्- ‘म तपाईकै ३२ नम्बर वडाको भोटर हो, त्यहाँ तपाईले पाको मत अन्तर याद होला नि !’
आफ्नो प्रतिक्रिया दिनुहोस् !