काठमाण्डौं ।
वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन भएको छ । टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले लामाको निधन भएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् । श्रेष्ठका अनुसार आज बिहान उनी घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए ।
वि.सं. २०१३ सालमा सिन्धुपाल्चोक बाह्रविसेमा जन्मिएका लामाले लामो समय लोक गीतसंगीतको विधामा अध्ययन तथा अनुसन्धान गरेका थिए । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् । उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए ।
पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए । उनले गाएका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, सलल पानी, मुलाको चानालगायत थुप्रै लोकगीत लोकप्रिय छन् । सर्जक तथा स्रष्टाहरुले उनको निधनले नेपाली लोकगीत संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।
फेसबुकबाटसः
आफ्नो प्रतिक्रिया दिनुहोस् !