काठमाडौं – गायिका हजुरी शाह कंडेलको ‘ए साँहिला’ गित सार्वजनिक भएको छ । बुढा सुब्बा डिजिटल युटुवम मार्फत यो गित सार्वजनिक भएको हो । यो गितको रचनाकाकार सुमन कार्की रहेका छन् । सुमनले यो भन्दा अघि पनि धेरै गीतहरु रचना गरिसकेका छन् । सुमनको शब्दलाइ गायक तथा संगीतकार सिडी विजय अधिकारिले संगीत भरेका छन् भने गीतमा एरेञ्ज/मिक्स/माष्टर राजु कार्कीले गरेका छन् ।
यस गीतको छयांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका छन् । यस गीतमा अभिनय दिनेश कुमार कठायत र पुजा सिलवालले गरेका छन् । यस गीतकी गायिका शाह हाल अमेरिकामा रहेकी छन् भने गीतकार सुमन कार्की बैदेशिक रोजगारको सिलसिलामा इजरायलमा छन् ।
गायिका शाहले फेसबुकमा लेख्दै भनेकी छन्, लामो प्रतिक्षा पछि मेरो पहिलो म्युजिक भिडीयो गीत रिलीज भएको छ ।यहॅाहरुको अमुल्य सल्लाह र सुझाब साथै अपार माया पनि पाउने आशा राखेको छु । यस गीतमा जोडीनु हुने संपुर्ण महानुभावहरुलाई बधाई साथै धन्यवाद दिन चाहन्छु।
त्यस्तै गीतकार सुमन कार्कीले पनि गित रिलिज भएपछि आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, मेरो रचनामा लामो समय पछी भिडिओ सहित एउटा गीत लिएर आएका छौ एक पटक सुनी दिनुस् है सके सम्मा लाइक,कमेन्ट र सेर गरी दिनु भए आभारी हुने । यहाँहरुको अमुल्य सल्ल सुझाबले मलाई आउँदा दिनहरुमा गीतमा भएका कमिकम्जोडी सुधारने मौका पाउने थिए साथै यहाँहरुको माया पाउने आशा राखेको छु ।
भिडियो:
आफ्नो प्रतिक्रिया दिनुहोस् !