एजेन्सी । महामारीको समयमा बलिउडका वादशाह मानिने अमिताभ बच्चनको परिवारले निकै ठूलो समस्याको सामना गर्नुपर्यो । परिवारका प्राय सबैजना अस्पताल भर्ना हुनुपरेको थियो । अमिताभकी श्रीमती जया बाहेक सबै अस्पतालमा लामो उपचारमा थिए । त्यो समय वितेको धेरै भएको छैन । तर अचानक आइतवार राती अमिताभ बच्चन आफ्नी छोरी श्वेता बच्चनसँग लीलावती अस्पताल बाहिर देखिए ।
उनी निकै उदास मुद्रामा थिए । सबैले अनुमान लगाए जीवनको उत्तरार्धमा रहेका अमिताभलाई केही स्वास्थ्य समस्या भयो । तर वास्तविकता भने अर्कै रहेछ । उनी छोरा अभिषेकलाई भेट्न पुगेका रहेछन् । बुवालाई लिएर दाईको स्वास्थ्य अवस्थाबारे बुझ्न श्वेता अस्पताल पुगेकी थिइन् । तर वास्तवमा अमिताभ अभिषेक बच्चनलाई हेर्न अस्पताल पुगेका थिए जो हात भाँच्चिएका कारण अस्पतालमा भर्ना भएका थिए ।
श्रीमान अस्पताल भर्ना भएको खबर पाएर फिल्मको लागि मुम्बइ बाहिर रहेकी ऐश्वर्या पनि छोरीलाइ लिएर अस्पताल पुगेकी थिइन् । उनी फिल्मको लागि ओरछा पुगेकी थिइन् । छोरीलाई समेत लिएर गएकी ऐश्वर्या दुई दिनमै फेरी छोरीसंगै फर्किएकी हुन् । अभिषेक बच्चनलाई हालै चोट लागेको हो ।
उनका औंलाहरुमा निकै चोट लागेको छ र ती फ्याक्चर पनि भएका छन् । उनको हातमा ब्यान्डेज लगाइएको छ । हाल उनी उपचारका लागि लीलावती अस्पतालमा भर्ना भएका छन् । यस्तै दुई दिन अघि आफ्नो फिल्म पोन्नियिन सेलवनको लागि छोरी आराध्यासहित ओरछा पुगेकी ऐश्वर्या राय पनि श्रीमान् अस्पताल भएको खबर सुनेर हत्त न पत्त आफ्नो नीजि जेटबाट मुम्बई पुगिन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !