खोटाङ । खोटाङमा एक वृद्ध भरुवा बन्दुकसहित पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१० पाथेका बस्ने ६१ वर्षीय भीमप्रसाद राईलाई भरूवा बन्दुक १ थानसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !