भक्तपुर । भक्तपुरको चाँगुनारायणमा मानव कंकाल भेटिएको छ ।
मंगलबार बिहान १०: ५० बजे चाँगुनारायण नगरपालिका-९ स्थित ठूलोपाखा सामुदायिक वनमा मानव कंकाल भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीले बताए ।
उनका अनुसार वनमा लप्सीको रुखको फेद नजिकै ५ फिट ६ इन्च लामो मानव कंकाल फेला परेको हो । नजिकैको लप्सीको रुखमा जुटको डोरीको पासो चुडिएको अवस्थामा रहेको, रुखको फेदमा एचपी इन्भेन्ट लेखेको कालो रंगको झोला पनि फेला परेको प्रहरीले जनाएको छ ।
उक्त झोलासँगै नाम्लोको फित्ता रहेको, एउटा चेक सर्ट, चोया काढ्ने कर्द (चक्कु), प्लाष्टिकको फित्ता. बाँसको चोया, प्लाष्टिकमा प्याक गरी राखेको अवस्थामा रुद्राक्ष, दाँत माझ्ने ब्रस, प्रयोग गरेको मास्क, पत्रिकाको टुक्रा, उक जोर गोल्डस्टार जुत्ता आदि भेटिएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !